Radio Unity 92.2MHz

स्कुटर दुर्घटनामा डडेल्धुराका एक युवकको ज्यान गयो

डडेल्धुराः स्कुटर दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन्।

बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर राति पौने १२ बजे अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो। उपचारको क्रममा वीर अस्पतालमा राति पौने २ बजे स्कुटर चालक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...