डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ निन्तोलाका गोपालबहादुर कामीको दुवै मिर्गौला फेल भएका छन्। साउदी अरबमा कामको शिलसिलामा रहेका कामीको उतै मिर्गोला भएपछि अहिले उनी भारतको दिल्लीमा उपचाररत छन्।
३३ वर्षीय कामीले साउदीमा तीन वर्ष काम गरे। कामकै शिलसिलामा गोपालको दुवै मिर्गौला फेल भएको उनकी श्रीमती मन्धरीदेवी कामीले बनाइन्।
मन्धरीले सहयोग गरेर आफ्ना श्रीमानलाई बचाइदिन सबैसँग आग्रह गरेकी छिन्। उनले श्रीमानको उपचारमा अहिलेसम्म १०/१२ लाख खर्च भइसकेको सुनाइन्। उनको उपचार आर्थिक समस्या आएपछि सहयोगको याचना गर्नुपरेको मन्धरीले बनाइन्।
‘गरिब मान्छे कमाउनका लागि विदेश जानुभयो। त्यहाँ गएको तीन वर्षमै दुवै मिर्गौला फेल भए,’ उनले गहभरी आँसु बनाउँदै भनिन्, ‘उहाँको उपचारका लागि भएको जग्गा बेचिसक्यौं। अझैं डाक्टरले धेरै पैसा चाहिने हो भनेका छन्। गरिब मान्छे हामी त्यति धेरै पैसा कहाँबाट ल्याउने? सबैले मेरो श्रीमानलाई बचाउन सहयोग गरिदिनुस्।’
मिर्गौलापीडित कामी अहिले भारतको राजधानी दिल्लीमा नियमित डायालिसिस् गराइरहेका छन्। ‘सातामा २ पटक डायलासिस गरिरहनु परेको छ। त्यसका लागि १० हजार भारु लाग्छ। महिनामा डायलासिसमा मात्र ४० हजार बढी खर्च लाग्छ’ मन्धरीले भनिन्, ‘श्रीमान् बचाउन सबैसँग सहयोग माग्नुको विकल्प रहेन।’ मिर्गोलापीडित कामीका ११ र १३ वर्षीय दुई छोरा छन्।
यसरी गर्न सकिन्छ सहयोग :
नाम : गोपालबहादुर कामी
खाता नम्बर : 00500600425214000001
महालक्ष्मी विकास बैंक, डडेल्धुरा शाखा
मोबाइल नम्बर : 9864757029