Radio Unity 92.2MHz

काँग्रेसको विवादले अमरगढीमा समाजवादीकी सगिता भण्डारीको ‘इन्ट्रि’ सहज

डडेल्धुरा : आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा डडेल्धुरामा काँग्रेसको विवाद सतहमा आइपुगेको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र डडेल्धुरा कांग्रेसका पूर्व सभापति कर्णबहादुर मल्लको आन्तरिक द्वन्द्व बढ्दै जाँदा डडेल्धुरा कांग्रेस ‘चरम संकट’ मा फसेको छ ।

काँग्रेस सभापति देउवाले जिल्ला सदरमुकामको नगरपालिका अमरगढीको नगरप्रमुखका लागि डिल्लीराज जोशीलाई अगाडि सारेपछि उनलाई ‘काउन्टर’ दिन कर्ण मल्लले एमालेसँग तालमेल गरेर काँग्रेस विपीबाट हरि भट्टलाई अगाडि सारेका छन् ।

जोशी २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विशेश्वरप्रसाद ओझासँग पराजित भएका थिए । सोही समयमा अधिवक्ता समेत रहेका भट्ट पनि नगरप्रमुखको दौडमा थिए । तर, उनले टिकट पाउन सकेनन् ।

भट्ट सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनमा जिल्ला सभापतिको दौडमा थिए । तर, उनलाई पाखा लगाएर देउवाले व्यवसायी भीमबहादुर साउदलाई सभापति बनाइदिए । जस कारण हरि भट्टसहित मल्ल समूह निरन्तर रूपमा काँग्रस भित्र असन्तुष्टी पोख्दै आएका छन् ।

देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका देउवाको गृहजिल्लामा भने राजनीतिक दलबीच तालमेल छैन् । जस कारण गृहजिल्लामा चुनाव जित्न उनलाई सकस परेको छ ।

देउवापत्नी आरजु राणा, केन्द्रीय सदस्य नैनसिंह महर लगाएतका नेता जोशीलाई जिताउन अनेक हत्कडण्डा गरिरहेका छन्। बरिष्ट नेता रामचन्द्र पौडेल सहितको समूह लिएर देउवा २७ गते बृहत आमसभालाई सम्बोधन गर्न डडेल्धुरा आउँदैछन् ।

मल्ल र राणाको ‘वार’
२१ गते नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवा पत्नि तथा काँग्रेस केन्द«ीय सदस्य आरजु राणा देउवाले करूवा, सरूवा, हरूवा पार्टीलाई भोट नदिन र काँग्रेसलाई हराए बजेट नै नदिने अभिव्यिक्ति दिइन् ।

राष्ट्रियस्तरको नेता नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले करुवा पार्टीको नेता को हो रु भन्दै प्रश्न गरिन् । कर्ण मल्ललाई लक्षित गदै उनले आफ्नो नाममा राजनीति गर्नेहरू अहिले सुखिलामुखिला भएको भन्न समेत भ्याईन ।

राणाको अभिव्यक्तिलाई ‘काउन्टर’ दिने भन्दै काँग्रेस विपी र एमालेले समेत दुईदिन पछि २३ गते कार्यक्रमको आयोजना ग¥यो । र, राणाका अभिव्यिक्तिको दुबै पार्टीका नेताले पालैपालो जवाफ फर्काए ।

मल्लले आरजुको अभिव्यक्तिले डडेल्धुराको मतदाताको अपमान भएको बताए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरामा हुने चुनावी आमसभामा बोल्न रहर ब्यक्त समेत गरे । उनले आफूले सो चुनावी आमसभामा १० मिनेटमात्र बोल्ने र पार्टीमा गरेका हिसाव किताव राख्ने रहर भएको बताए ।

उनी भन्छन्, ‘हिम्मत भए २७ गते हुने देउवाको आमसभामा १० मिनेट बोल्न दिनु, काँग्रेस विद्रोही हरी भट्टतर्फबाट म आफ्ना कुरा राख्ने छु।’ उनले देउवा र आरजुलाई ३० गतेको निर्वाचनमा आफूहरू को हौं भनेर देखाइदिने समेत जिकिर गरे।

अमरगढीमा समाजवादीको ‘इन्ट्रि’ सहज !
काँग्रेसपछि अमरगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको बाक्लो उपस्थिति छ । नेकपा एसले अमरगढीमा नगरप्रमुखको उम्मेदवारमा संगिता भण्डारीलाई अगाडि सारेको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पार्वती झुकाललाई पराजित गर्दे भण्डारी उपप्रमुखमा विजयी भएकी थिइन् । गत निर्वाचनमा कांग्रेस संग एकल रुपमा प्रतिस्पर्धा भएको थियो । यस पटक भने कांग्रेस विभाजन भएर दुई पार्टी भएका छन् र अलग अलग उमेदवार चुनावी मैदानमा छन् ।

काँग्रेसको घर झगडाका कारण यस पटक अमरगढीको प्रमुखमा भण्डारीले बाजी मार्ने सम्भावना प्रयाप्त छ । काँग्रेस विपीले एमालेसँग तालमेल गरेर अमरगढीको प्रमुख पद पाएपछि एमालेका अधिकांश नेता कार्यकर्ता रूष्ट छन् । जसको प्रत्यक्ष फाइदा भण्डारीले लिन सक्छिन् ।

एमालेमा नगर प्रमुखको उमेदवार नहुनु र कांग्रेस भित्रको विवादले पार्टीको रुप धारण गरिसकेपछि अमरगढीमा भण्डारीका लागि जित सहज भएको आंकलन समेत गरिएको छ । एक कार्यकाल नगर उपप्रमुख भएर अमरगढीको नेतृत्व गरेको अनुभवले भण्डारीलाई नगरप्रमुखमा ईन्ट्री सहज भएको छ ।

काँग्रेस र एमाले भित्रको किचलोसँगै महिला नेतृत्व भएका कारण सहानुभुतिका भोटहरू बढ्ने देखिएसँगै जितको नजिक पुगेको स्वतन्त्र विश्लेषकहरु बताउछन् । सात स्थानीय तह रहेको डडेल्धुरामा भण्डारी पालिका प्रमुखकी एक्लि महिला उम्मेदवार हुन् ।

सम्बन्धित पाेष्टहरु
Loading...