सुदूरपश्चिममा एमालेको अग्रता
डडेल्धुरा : सुदुरपश्चिम प्रदेशका ८८ वटा पालिका मध्ये २५ पालिकामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर÷अध्यक्षमा अग्रता लिएको हो। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ।
डोटीको बोगटान फुडसिल, जोरायल बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।
यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, कैलालीको गोदावरी र कैलारी, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, कञ्चनपुरको लालझाडी,डोटीको बडिकेदारमा नेपाली काँग्रेसले अग्रता लिएको छ।
माओवादी केन्द्रले डडेल्धुराको पशुराम, कञ्चनपुरको बेलौरी, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ ।