Unity Khabar

अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका ऐर दोहोरिए

डडेल्धुराः नेपाली कांग्रेसले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को वडाध्यक्ष जितेको छ। कांग्रेसका लोकबहादुर ऐर ५ सय २६ मत ल्याएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन्।

ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसबाटै वडाध्यक्षमा विजयी भएका थिए।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४ सय ७६ मत पाएका छन्। यस वडामा कूल मतदाता संख्या १ हजार ५ सय ६५ रहेको भएपनि १ हजार १ सय ६५ मत खसेको थियो। मुख्य निर्वाचनको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ।

सम्बन्धित पाेष्टहरु
Loading...