Unity Khabar

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेस विजयी

डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ। गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा बीपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै बीपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए। निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ।

कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। उसले यहाँ एमालेसँग तालमेल गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...