गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्।
कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन्। उनले ३ हजार १३ मत पाइन्।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन्। प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए।
सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका छन्। सभापति देउवासँग असन्तुष्ट रहेका कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले कांग्रेस बीपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर चुनावी मैदानमा छ।