आलिताल गाउँपालिका–७ मा माओवादी प्यानलसहित विजयी
डडेल्धुरा: नेकपा माओवादी केन्द्रले डडेल्धुराको आलिताल गाउँपालिका– ७ जितेको छ।
वडाध्यक्षमा माओवादीबाट वीरबहादुर बोहरा पुनः प्यानलसहित निर्वाचित भएका छन्। एमाले उम्मेदवार सुमित्रा भण्डारीलाई हराउँदै बोहरा विजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित बोहराले ४ सय १३ मत प्राप्त गरे। बोहरा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्ष जितेका थिए।
बोहराका प्रतिद्वन्दी एमालेकी उम्मेदवार भण्डारीले २ सय ९६ मत ल्याइन। कांग्रेसका टेकबहादुर रोकाले ९५ मत मात्रै पाए। आलिताल-७ माओवादीको किल्लाको रूपमा चिनिन्छ।
त्यहीँ वडाबाट गाउँपालिका अध्यक्षमा शेरसिंह पार्की चुनावी मैदानमा छन्। उनले कांग्रेसका बलबहादुर गुरुङलाई पछ्याउँदै छन्।