अमरगढीमा कांग्रेसले मतान्तर बढाउँदै
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेस मतान्तरले मतान्तरले अगाडि बढेको छ। एमालेसँग तालमेल गरेको काँग्रेस विपी भने काँग्रेसको पछिपछि छ।
वडा नम्बर १, २ र ३ को मत गणना हुँदा मेयर पदमा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १ हजार २९३ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ८४६ मत पाएका छन्। उनी ३४७ मतले पछाडि छन्। यस्तै माओवादीका लक्ष्मण सिंहले ३१२ र एकीकृत समाजवादीकी संगिता भण्डारीले १२९ मत प्राप्त गरेकी छिन्।
डडेल्धुरामा काँग्रेसको असन्तुष्ट समूहले नेपाली काँग्रेस (विपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ। अमरगढीमा उसले नेकपा एमालेसँग तालमेल गरेको छ।