अजयमेरुमा माओवादीको अग्रता, कांग्रेस पछ्याउँदै
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाकाे अध्यक्ष पदमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्।
पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका उमेशप्रसाद भट्ट(विकास)ले ११८५ मत पाएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका टेकराज पाण्डेयले ११०० मत प्राप्त गरेका छन्।
३८८९ मत गणना हुँदा एमालेका पदम पालले ९ सय ४१ मत पाएका छन्। त्यहाँ २९६ मत बदर भएका छन्।