अमरगढीमा काँग्रेसको अग्रता कायमै
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ।
काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २४३१ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २०३० मत पाएका छन्।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले २१८८ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २११६ मत पाएका छन।
अहिले वडा नम्बर सात मत गणना कार्य जारी छ। वडा नम्बर एकदेखि ६ सम्म काँग्रेसको प्यानल नै विजयी भएको छ।