Radio Unity 92.2MHz

अजयमेरुमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेसको अग्रता

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले अग्रता बनाएको छ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्टले १९१८, एमालेका उम्मेदवार पदम पालले १८७६ र नेपाली काँग्रेसका उम्मेदवार टेकराज पाण्डेयले १७९९ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार बसन्ती पालले २२१२, काँग्रेस विपीका उमेदवार रामचन्द्र ऐरले १०८९ र एकीकृत माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणले १७९९ मत पाएकी छन्।

सम्बन्धित पाेष्टहरु
Loading...