Radio Unity 92.2MHz

अमरगढीमा काँग्रेसको ‘कमब्याक’ : मेयरमा जोशी र उपमेयरमा झुकाल विजयी

डडेल्धुरा:  डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ।

नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्।प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए।

उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए। नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७ मत ल्याइन्। jउपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी यज्ञराज अवस्थीलले ३०८५ मत पाए।

२०७४ को स्थानीय तहको निर्वाचनमा जोशी र झुकाल एमालेका उम्मेदवारसँग पराजित भएका थिए।

अमरगढी नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर ८ को अध्यक्षमा काँग्रेस विपीका उम्मेदवार विजयी भएका छन् भने अन्य वडामा काँग्रेस विजयी भएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।