Radio Unity 92.2MHz

यत्ति सहयोगले मलाई हुँदैन्, अझ चाहिन्छ : मेयर जोशी

डडेल्धुराः अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले अहिले गरेको सहयोगले नपुग्ने भन्दै अझ सहयोग गर्नु पर्ने बताएका छन्।

विजयी ¥यालीपछि बोल्दै जोशीले यहाँसम्म पु¥याउन सहयोग गरेको भन्दै अझ सहयोग गर्नु पर्ने बताएका हुन्। उनले अमूल्य मत दिएर जिताएकोमा धन्यवाद समेत दिए।

‘तपाईंले सहयोग गर्नु भयो। यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्ने छु। मलाई यहाँसम्म पु¥याउन सहयोग गर्नुभयो, यो भन्दा अझ सहयोग चाहिन्छ,’ उनले भने।

उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने समेत बताए। जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडकबत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए।

सुदूरपश्चिका सातवटा पहाडि जिल्लाको केन्द्रबिन्दुसँगै पर्यटकीय रूपमा पनि डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउँने उनको भनाइ छ।

उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दैन। यत्ति सहयोगले मलाई हुँदैन्। यो भन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नुहुनेछ भन्ने आशावादी छु।’

जोशी काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन्। काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा काँग्रेसका जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै पार्वती  झुकाल निर्वाचित भइन्।

प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए। उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए। उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्दी यज्ञराज अवस्थीलले ३०८५ मत पाए।

२०७४ को स्थानीय तहको निर्वाचनमा जोशी र झुकाल एमालेका उम्मेदवारसँग पराजित भएका थिए। अमरगढी नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर ८ को अध्यक्षमा काँग्रेस विपीका उम्मेदवार विजयी भएका छन् भने अन्य वडामा काँग्रेस विजयी भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...