Radio Unity 92.2MHz

केशव बोहरा भन्छन्– परशुराममा चरम अन्तर्घातले एमालेको हार भयो

डडेल्धुराः नेकपा एमालेबाट परशुराम नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार केशव बोहराले एमालेको हार पार्टीभित्रको चरम अन्तर्घात भएको बताएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्नो फेसबुकमा लामो सन्देश लेख्दै बोहराले पार्टी भित्रै निर्मम समिक्षा हुने समेत उल्लेख गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिका–७ को अध्यक्ष निर्वाचित बोहरा अहिले एमालेबाट नगरप्रमुखका लागि चुनावी मैदानमा होमिएका थिए।

परशुराम नगरपालिकाको चुनावी नतिजापछि विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका बेला एमाले उम्मेदवार बोहराले लेखेको सन्देश यस्तो छ :

परशुराम नगरपालिकाको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा आएको छ। मत परिणामले हाम्रोपार्टी एमालेका पक्षमा आउन नसक्नुका थुप्रै कारणहरू छ्न। त्यसमध्येको प्रमुख कारण पार्टीभित्रको चरम अन्तर्घात हो भन्ने कुरामा दुईमत छैन। अन्तर पार्टीको विषय भएकाले तत्काल पार्टी भित्रै यसको निर्मम समीक्षा हुने नै छ। तर लोकतन्त्रमा जित्ने पक्ष जितपछि संयमित र बढी जिम्मेवार हुनुपर्ने हुन्छ। काँग्रेस र माओवादी केन्द्र दुबैलाई हाराहारीको जनमत दिएर विजय गराएका छन्। जित्नेले कति जिम्मेवारी बहन गर्नुपर्छ त्यसको सामान्य आकलनसमेत नगरी उत्तेजित हुँदै गरिएका आलोचनाको मूल्य पाँचवर्ष भित्र तिर्नुपर्छ कि पर्दैन। जनताले काम गर्नका लागि पठाएका जनप्रतिनिधिहरू र तिनका पार्टिका नेताहरुले गरेर देखाउने मौका दिएका छन्।

एमाले त त्यस्तो पार्टी हो जसका आन्तरिक र बाह्य कमजोरिहरुका कारण जनताबाट पाँच वर्षका लागि अस्विकृत भएको छ। त्यो पार्टी सुदृढीकरण गर्ने सबै जिम्मेवारी हाम्रो हो त्यसको चिन्ता बिजेता हरुले लिनु पर्दैन केवल हामी लिन्छौं। तपाईंहरूको कर्म र काम समृद्ध, विकशित र उन्नत परशुराम बनाउने हो।

तपाईंहरू त्यो यात्राको पाइला कसरी अगाडि बढाउनु हुन्छ। दुबै पार्टी बराबर जिम्मेवार हुनुहोस्। गैरजिम्मेवार नबन्नुस्। हामी पाँचवर्ष रचनात्मक प्रतिपक्षको भूमिका हुनेछौं। परशुराम नगरपालिकामा हुने सबै खालका भ्रष्टाचार, अन्याय, ढिलासुस्तीप्रति अबिछिन्न आवाजहरु उठाइ रहनेछौं। हामी चाहान्छौ सबैभन्दा पहिला तपाईं दुई पार्टीबाट विजय भएका जनप्रतिनिधिहरु कार्यपालिकालाई पूर्णता दिनुहोस्। दुबै पार्टीले निर्वाचनमा गरेका लिखित प्रतिबद्धतालाई आधार बनाएर पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्यलगायतका सबै क्षेत्रलाई समेटेर पाँच वर्षभित्र गर्न सकिने कामहरु पूरा गर्ने सयुक्त संकल्प कार्यपालिकाको बैठकबाट पारित गर्नुहोस्।

जनप्रतिनिधिहरु आपनो पाँचवर्षको कार्यकालमा कुनैपनि नगरपालिकासंग सम्बन्धीत ठेक्कापट्टालगायतका ब्यक्तिगत लाभका काममा जोडिने छैनौं। आफू, आफन्त र आफ्ना कार्यकर्ता केन्द्रित योजना बनाउने छैनौ भन्ने लिखित प्रतिबद्धता पनि गर्नुहोस्। शुसाशन र जवाफदेहिताका लागि जनमैत्री, निष्पक्ष प्रशासनको संकल्प पनि लिनुहोस्। समय भित्रै योजनाको काम शुरु गर्ने र सम्पन्न गर्नेदेखि लिएर जनसभागितामा आधारित योजना निर्माण, न्यायिक समितिमार्फत छिटोछरितो निष्पक्ष न्याय दिलाउने कुराको पनि लिखित ग्यारेन्टी गर्नुहोस्।

योजनाहरुको प्रभाबकारी अनुगमन र गुणस्तरहीनतामा कुनै सम्झौता नगर्ने प्रण गर्नुहोस्। नगर र वडा कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु निष्पक्ष र प्रभावकारी बनाउने प्रतिबद्धता गर्नुहोस्। तपाइहरुले गरेका सबै प्रतिबद्धताहरुमा हामी निष्पक्ष रचनात्मक सहयोग गर्ने नै छौँ। यदि तपाईंहरु जिम्मेवार र जवाफदेही बन्न सक्नु भएन भने हाम्रो अग्रसरता सुधारका लागि हुने छ।

तपाईहरू उग्र र उदण्ड नहुनुस्, कतिपयले निर्वाचन जितेकोमा जन्ता डराउने अवस्था छ। फेरि पनि आफ्ना व्यवहारमा परिवर्तन गर्न सक्नु भएन भने तपाइहरुलाइ निर्वाचित गर्ने जनता लज्जित हुने छन्। आजको एक्काइसौ शताब्दी र लोकतन्त्रको भाव अनुसार काम गर्न सक्नु हुन्छकी हुदैन। पाँच वर्षपछि मात्रै वास्तविक बधाईका पात्र हुनु हुनेछ। अहिलेका लागि पूर्ण आशावादी बन्दै सबै निर्वाचित जनप्रतिनिधिहरुलाइ पेश्की स्वरूप हार्दिक बधाई दिन चाहन्छु। सबैमा हार्दिक हार्दिक अभिवादन!!

सम्बन्धित पाेष्टहरु
Loading...