Radio Unity 92.2MHz

आलिताल–३ का वडाध्यक्ष बुढाले गरे पदभार ग्रहण

डडेल्धुराः डडेल्धुराको भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिका–३ का अध्यक्ष बलबहादुर बुढा मगरले पदभार ग्रहण छन्। सोमबार अध्यक्ष बुढाले कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन्।

उनीसहित वडा सदस्यहरू मानबहादुर महरा, बेलुदेबी पार्की, दानबहादुर धामी र सुनिता बोहरा धामीले पनि सोमबार नै पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण पछि वडाध्यक्ष बुढाले आफू जनताको सेवक भएर अघि बढ्ने बताए। स्वास्थ्य, शिक्षा खानेपानीलाई विषेश प्राथमिकतामा राखेर काम गर्ने पनि उनको भनाइ छ।

यहाँका अतिविपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा र एम्बुलेन्स सेवासमेत वडाबाट उपलब्ध गराउने उनले बताए। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका बुढामगर प्यानलसहित वडाध्यक्ष विजयी भएका थिए।

उनले वडामा खसेको ११ सय १३ मतमध्ये ६ सय ३२ मत ल्याउँदै विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेस टेकराज पाण्डेले ३ सय २ मत प्राप्त गरेका थिए। बुढा यसअघि माओवादीबाटै वडा नम्बर ३ को सदस्य थिए।

सम्बन्धित पाेष्टहरु
Loading...