एमाले डडेल्धुराले नेता जोशीलाई सोध्यो स्पष्टीकरण
डडेल्धुरा: नेकपा एमाले डडेल्धुराले नेता ज्ञानेन्द्र जोशीलाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ। एमाले डडेल्धुराले सोमबार पत्र पठाउँदै एमाले आलितालका नेता जोशीलाई स्पष्टीकरण सोधेको हो।
स्थानीय तह निर्वाचनका बेला पार्टीको हित विपरीत कार्य र पार्टीको विधानको धारा ८० उपधारा ६ अनुसार पार्टी अनुशासन विपरीत कार्य गरेकोले जोशीलाई स्पष्टीकरण सोधिएको एमाले डडेल्धुराले जनाएको छ।
एमालेले जोशीलाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ पठाउन भनेको छ। चित्तबुझ्दो जवाफ नआए पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिने जोशीलाई पठाइएको पत्रमा उल्लेख छ।
सात पालिका रहेको डडेल्धुरामा एमाले शून्य छ। २०७४ को चुनावमा दुई पालिका र सबैभन्दा बढी १९ वडा जितेको एमाले यसपटक भने ४ वटा वडामै सीमित भएको छ।
स्पष्टीकरण पत्र :