Radio Unity 92.2MHz

‘बालेनले जति मतले जित्छन्, त्यति रूपैयाँ छाडा पशुचौपायाको खानाका लागि खर्च गर्छु’

डडेल्धुरा: डडेल्धुराका एक युवकले  काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह जितेमा कैलालीको अत्तरिया क्षेत्रमा रहेका छाडा पशुचौपायाको खानाका लागि सहयोग गर्ने घोषणा गरेका छन्।

जिल्लाको भागेश्वर गाउँपालिकाका चन्द्रकान्त नाथ योगीले जति मतान्तरले शाह विजयी हुन्छन्, त्यति नै रकम पशुचौपायाको खानाका लागि खर्च गर्ने बताएका हुन्।

हाल वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका उनले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर सो रकम हस्तान्तरण गर्ने बताएका छन्।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १९ हजार २६३ मतको अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणम अनुसार बालेन साहले ५० हजार मत कटाएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।