Radio Unity 92.2MHz

समाजसेवी मालीले गरे दुर्घटनामा घाइते दमाईलाई ह्विल चेयर सहयोग

डडेल्धुराः समाजसेवी रमेश मालीले दुर्घटनामा घाइते भएका गन्यापधुरा गाउँपालिका–२ का २८ वर्षीय दिल दमाईलाई ह्विल चेयर सहयोग गरेका छन्।

पीडित दमाईको घरमै पुगेर समाजसेवी मालीले ह्विल चेयर सहयोग गरेका हुन्।

दुई वर्षअघि भारतमा दुर्घटनामा परि दमाईका दुईटै खुट्टा फ्याक्चर भएका थिए। आवतजावत गर्न दमाईलाई अति समस्या रहेको थियो।

ह्विल चेयर सहयोग पाउँदा धेरै खुसी भएको पीडितका आमाबुबाले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।