बैतडीमा सर्पको टोकाइबाट एकजनाको मृत्यु
डडेल्धुराः बैतडीमा विषालु सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो।
शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको स्थानीय वीरबहादुर ऐरले जानकारी दिए।