Radio Unity 92.2MHz

उग्रतारा भगवतीको मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गरिने

डडेल्धुराः डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन्।

उनका अनुसार सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने छ। जसमा डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ।

सम्बन्धित पाेष्टहरु
Loading...