Radio Unity 92.2MHz

डडेल्धुराको बजेट बढ्यो, अमरगढीमा सबैभन्दा बढी गन्यापधुरामा कम बजेट

डडेल्धुराः संघीय सरकारले डडेल्धुराका स्थानीय तहमा बजेट वृद्धि गरेर पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ बजेट बढेको हो।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुराले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ५९ करोड ७२ लाख रुयैयाँ बजेट पाएको छ।

चालु आर्थिक वर्षमा डडेल्धुराले २ अर्ब ४० करोड ८१ लाख बजेट पाएको थियो। चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट करिब १८ करोड ९१ लाखले बढेको हो।

जिल्लामा सबैभन्दा बढी अमरगढी नगरपालिकाले ५० करोड ४४ लाख बजेट पाएको छ। सो नगरपालिकाले चालु आर्थिक वर्षमा ४० करोड ७४ लाख बजेट पाएको थियो।

यस्तै जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाले आगामी वर्षका लागि ४८ करोड ६ लाख बजेट पाएको छ। चालु आर्थिक वर्षमा परशुरामले ४५ करोड १७ लाख बजेट पाएको थियो।

गाउँपालिकातर्फ सबैभन्दा बढी अजयमेरु गाउँपालिकाले ३६ करोड ९२ लाख रुयैयाँ पाएको छ। चालु आवमा सरकारले ३६ करोड ३० लाखले पठाएको थियो।

अजयमेरुपछि संघीय सरकारबाट आलिताल गाउँपालिकाले ३२ करोड ७८ लाख, नवदुर्गा गाउँपालिकाले ३१ करोड ४३ लाख, भागेश्वर गाउँपालिकाले ३१ करोड १५ लाख र सबैभन्दा कम प्रधानमन्त्री देउवाको गृह गाउँपालिका गन्यापधुराले २८ करोड ९४ लाख बजेट पाएको छ।

चालु आर्थिक वर्षमा आलितालले ३० करोड ६४ लाख, नवदुर्गाले ३० करोड ७८ लाख, भागेश्वरले ३० करोड ९० लाख र गन्यापधुराले २६ करोड २८ लाख रुयैयाँ बजेट प्राप्त गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...