Radio Unity 92.2MHz

बीमा गर्दा नागरिकलाई फाइदा नै फाइदा हुन्छ : मन्त्री साउँद

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री अमरबहादुर साउँदले जीवन बीमा गर्दा नागरिकलाई फाइदा नै फाइदा हुने बताएका छन्।

शनिबार डडेल्धुरा सदरमुकाममा प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको जीवन बीमासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा मन्त्री साउँदले बीमा गर्दा धेरै नै फाइदा हुने बताएका हुन्।

कुनै पनि बीमाका बेफाइदा नभएको उल्लेख गर्दै सबै प्रकारका बीमाका फाइदा नै फाइदा भएको उनको भनाइ छ। जीवन बीमा भविष्यका लागि निकै राम्रो भएको उनले बताए।

जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहनसमेत गर्ने गरेको मन्त्री साउँदे बताए। उनले बीमाले पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्ने पनि बताए। यसका साथै उनले जीवन बीमा कम्पनीहरू लेखेपढेका युवायुवतीहरूलाई रोजगारीसमेत प्रदान गरेको बताए।

कार्यक्रममा प्राइमलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले कम्पनी स्थापनाको १५ वर्षमा १७ लाख नागरिकको बीमा गरेको जानकारी दिए।

उनले प्रत्येक नागरिकहरूले अमूल्य मानव जीवनलाई मूल्यवान बनाउन जीवन बीमा आवश्यक रहेको बताए। कार्यक्रममा जीवन बीमाको महत्वबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...