Radio Unity 92.2MHz

सुदूरपश्चिम सरकारबाट डडेल्धुराका कुन पालिकालाई कति अनुदान? (सूचीसहित)

डडेल्धुरा:

डडेल्धुराका सात स्थानीय तहमध्ये सुदूरपश्चिम प्रदेश सरकारबाट सबैभन्दा बढी नवदुर्गा गाउँपालिकाले अनुदान प्राप्त गर्ने भएको छ। आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट नवदुर्गाले १ करोड ५४ लाख २४ हजार अनुदान पाउने भएको हो।

यस्तै, भागेश्वर गाउँपालिका १ करोड ४० लाख ६७ हजार, परशुराम नगरपालिकाले १ करोड ४० लाख २२ हजार र आलिताल गाउँपालिका १ करोड ३८ लाख ३५ हजार पाउने भएको छ।

यसैगरी अजयमेरु गाउँपालिकाले १ करोड ८ लाख ५३ हजार, अमरगढी नगरपालिकाले ९८ लाख ६८ हजार र सबैभन्दा कम गन्यापधुरा गाउँपालिकाले ८० लाख ९५ हजार अनुदान पाउने भएको छ। अमरगढी र गन्यापधुरामा समपुरक अनुदान शून्य रहेको छ।

आव २०७९/८० मा सुदूरपश्चिम प्रदेश सरकारबाट ‘अन्तर सरकारी हस्तान्तरण’ अन्तर्गत डडेल्धुराका ७ स्थानीय तहमा आएको अनुदानको विवरण [ रू. हजारमा]

सम्बन्धित पाेष्टहरु
Loading...