Radio Unity 92.2MHz

डडेल्धुराको आलितालमा खेल मैदानको निर्माण कार्य थालियो

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ। बुधबारदेखि आलिताल गाउँपालिका–८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण थालिएको हो।

बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

९० लाखको लागतमा मैदान निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिए। यहाँका खेलाडीहरूको सहजताका लागि खेल मैदान निर्माणको कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए।

खेल मैदान निर्माण हुने भएपछि यहाँका खेलाडीहरू हर्षित भएका छन्। निर्माण कार्यको शुभारम्भ कार्यक्रममा गाउँपालिका–३ का अध्यक्ष बलबहादुर बुढालगायत अन्य स्थानीय, खेलप्रेमीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।