Radio Unity 92.2MHz

मलामी गएका डडेल्धुराका दुई युवक सेती नदीमा बगे

डडेल्धुराः डोटीस्थित सेती नदीमा डडेल्धुराका दुई युवक बगेका छन्।

बुधबार मलामी गएका अमरगढी नगरपालिका–६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन्।

डडेल्धुराबाट मलामी गएका उनीहरू दुवैजना डोटीको शिखर नगरपालिका गोबिघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ।

बगेकामध्ये विनोद सकुशल फेला परेका छन्। उनी बगेको स्थानबाट केही तल फेला परेका हुन्। यस्तै, अर्का युवक वीरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...