Radio Unity 92.2MHz

अमरगढी–८ मा मदिरा सेवन तथा विक्री वितरणमा रोक

डडेल्धुरा: डडेल्धुराको एक वडामा मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ ले मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाएको हो।

वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो। मदिरा बिक्री वितरण तथा सेवन गरि हो हल्ला गर्नेलाई  कारबाही गर्ने निर्णय गरेको वडाअध्यक्ष नरबहादुर साँँकीले जानकारी दिए।

उनले वडामा  मदिरा सेवन गरि हो हल्ला गर्नेलाई दुई हजार पाँच सय र बिक्री गर्नेलाई ५ हजार जरिवाना गरिने बताए। अहिले टोल–टोलमा समिति बनाउने क्रम जारी रहेको वडा कार्यालयले जनाएको छ। ११ सदस्यीय समितिमा महिला पुरुष दुबैलाई समावेश गरिएको छ।

यदि कसैले दोस्रो पटक मदिरा सेवन गरि हो हल्ला गरेको पाइए ५ हजार र दोस्रो पटक बिक्री गर्नेलाई १० हजार जरिवाना गरिने वडा कार्यालयले निर्णय गरेको छ।

‘मदिराले समाजमा विभिन्न किसिमका बिकृती आउन थाले। मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाउँछु भनेर हिँडेको दश वर्ष भयो,’ उनले भने, ‘वडामा रहेका महिलाले हामी अगाडि बढ्छौं। तपाईंलाई साथ दिन्छौं भनेपछि हामी यो अभियानमा लागेका हौं।’

कसैको श्रीमान्ले रक्सि सेवन गरेर आए श्रीमान्को पक्षमा लाग्ने महिलालाई समेत कारबाही गरिने उनी बताउँछन्। वडा नम्बर ८ ले मदिरा नियन्त्रणका लागि ९ नम्बर वडासँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...