डडेल्धुराः नेपाल युथ फाउन्डेसन काठमाडौद्वारा सञ्चालित पोषण पुनस्र्थापना गृह डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ।
मंगलबार एक कार्यक्रमकाबीच नेपाल युथ फाउन्डेसन काठमाडौले डडेलधुरा अस्पताल विकास समितीलाई परियोजना हस्तान्तरण गरेका हो।
नेपाल युथ फाउन्डेसन काठमाडौंको आर्थिक सहयोग, रूडुक डडेल्धुराका सहजिकरण तथा नेपाल सरकारको आयोजनामा पोषण पुनस्र्थापना गृह सञ्चालनमा थियो। अब पोषण पुनःस्थापना गृह पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछ।
डडेल्धुरा विकास समितीका अध्यक्ष करुणाकर ओझाले पोषण पुनस्र्थापना कार्यक्रम पूर्ण रूपमा नेपाल सरकारले सञ्चालन गर्ने बताए। उनले यसलाई अझैं व्यवस्थित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
नेपाल युथ फाउन्डेसन काठमाडौका पोषण संयोजक सुनिता रिमालले चार वर्षदेखि आफूहरूको सहयोगमा चलेको र अब पूर्ण रूपमा नेपाल सरकारले सञ्चालन गर्ने बताए। यो वा त्यो रूपमा आफूहरूको सहयोग रहिरहने उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले परियोजनो प्रशंसा गर्दे आगामी दिनमा यो कार्यक्रमलाई अझैं व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताए।
पोसण पुनस्र्थापना ग्रह डडेलधुराका प्रमुख पूजा चन्दले विगत ५ वर्षमा चार सय सात जना कुपोषित बालवालिकालाई पोषणयुक्त बनाएर घर पठाएको जानकारी दिइन्। बालवालिकाका आमाहरूलाई पोषण गृहमा राखेर बालवालिकाको स्वास्थ्य सुधार बारे जानकारी समेत दिने गरेको उनी बताउँछिन्।