Radio Unity 92.2MHz

नेकपा एसको डडेल्धुरा अध्यक्षमा बिष्ट

डडेल्धुराः नेकपा एकीकृत समाजवादी डडेल्धुरा जिल्ला कमिटीको अध्यक्षमा कबिन्द्र बिष्ट चयन भएका छन्। जिल्लाको सातौ पूर्ण बैठकबाट बिष्ट अध्यक्षमा चयन भएका हुन्।

बैठकले उपाध्यक्षमा कमला साउँद, सचिवमा भुवन पाठक, उप–सचिवमा दत्तराज अवस्थीलाई चयन गरेको जिल्ला कमिटी सचिव भुवन पाठकले बताए।

उनले पार्टीका बिभिन्न भूमिकामा रही कार्य गरेका तरलाराम बोहोरा, प्रेमबहादुर साउँद र सुरेन्द्रबहादुर बिष्टलाई प्रदेश कमिटीमा सिफरिश गरिएको बताए।

यस्तै, नवदुर्गा गाउँपालिका कमिटीको इन्चार्ज जिल्ला कमिटी सचिवालय सदस्य डम्बर लुहार, गन्यापधुरा गाउँपालिका कमिटीको अध्यक्ष प्रेमबहादुर साउँद, जिल्ला कमिटीमा गणेश ताम्राकार र दिपेन ताम्राकारलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ।

कार्यक्रमको प्रमुख अतिथी नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर, सिंह केन्द्रिय सदस्य एव डडेलधुरा ईन्चार्ज नरबहादुर बिस्ट र केन्द्रिय सदस्य सकुन्तला नगरकोटीलगाएतको सहभागिता थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।