डडेल्धुराः जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशको पहिलो बनेको छ। गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुरा देशभरमै पाँचौं बनेको छ। विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिमका ९ जिल्लामध्ये पहिलो र देशरभरीमा पाँचौं सर्वोत्कृष्ट बन्न सफल भएको हो।
मन्त्रालयकाको मूल्यांकनमा बैतडी, दार्चुला र अछामले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दा कैलाली, कञ्चनपुर, डोटी, बझाङ र बाजुराले ८० देखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन्। ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरमा सवोत्कृष्ट भएको छ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकका आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।