Radio Unity 92.2MHz

डडेल्धुरामा २२ वटा मतदानस्थल थप गर्न सिफारिस

डडेल्धुरा: आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि डडेल्धुरामा २२ वटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले २२ मतदानस्थल थप गर्न सिफारिस गरेको हो।

बैठकको निर्णयअनुसार जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार स्थानीय तह निर्वाचनका लागि भने जिल्लामा ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र थिए।

सरकारले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी ४ मंसिरमा एकै चरणमा गर्ने घोषणा गरेको थियो। शुक्रबारदेखि जिल्लामा मतदाता नामावली संकलन स्थगित भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय जोगबुडाबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...