Radio Unity 92.2MHz

डडेल्धुरामा एक किशोर मृत फेला

डडेल्धुराः डडेल्धुरा सदरमुकामबाट बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– ५ स्थित सिलिङधारा घर भएका १५ वर्षीय किरण पाठक मृत भेटिएका हुन्।

उनी अमरगढीकै मौरडा गाउँ तल रहेको डोटी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।

पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको उनले बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ। प्रहरी निरीक्षक जोशीका अनुसार पाठक शनिबारदेखि बेपत्ता थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।