Radio Unity 92.2MHz

यी हुन् निर्वाचन खर्च पेश नगर्ने डडेल्धुराका उम्मेदवार (सूचीसहित)

आलितालका अध्यक्ष पार्कीदेखि अमरगढीकी उपप्रमुख झुकालसम्म

शेर भण्डारी/डडेल्धुरा: निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार ७८३ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएबमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ।

तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाबकिताब नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरिएको हो। जसमा डडेल्धुराका पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

जिल्लामा अहिलेसम्म २ सय १९ जना उम्मेदवारले मात्रै चुनावी खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका कम्प्युटर अपरेटर भवानीदत्त भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा एक हजार ३५ जनाले उम्मेदवारी दिएका थिए। चुनाव लडेका ८ सय १६ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको कम्प्युटर अपरेटर भट्टले जानकारी दिएका छन्।

अजयमेरु गाउँपालिका
डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उमेशप्रसाद भट्ट ‘विकास’ले बिलम्ब खर्च विवरण बुझाएका छन्। भट्ट अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमै स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर साउँदले समयमै खर्च विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ।

नेपाली काँग्रेसबाट अजयमेरु गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका टेकराज पाण्डेयले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन्। पाण्डेय हाल सामाजिक विकास मन्त्री गोविन्दराज बोहराका स्वकिय सचिव भएर काम गरिरहेका छन्।

त्यस्तै नेकपा एमालेबाट अध्यक्षको उम्मेदवारी दिएका पदमबहादुर पालले पनि खर्च विवरण बुझाएका छैनन्।

माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार कलावती भाँण, नेपाली काँग्रेस (विपी) का उम्मेदवार रामचन्द्र ऐर र नेपाली काँग्रेसकी उम्मेदवार बसन्ती पालले पनि खर्च विवरण अझै बुझाएका छैनन्। पाल अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

अमरगढी नगरपालिका
अमरगढी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका पवनबहादुर बिष्ट, एकीकृत समाजवादीकी संगिता भण्डारी, नेकपा माओवादी केन्द्रका लक्ष्मण सिंहले खर्च विवरण बुझाएका छैनन्।

नेपाली काँग्रेस विपीका उम्मेदवार हरिप्रसाद भट्ट, जनता समाजवादी पार्टी नेपालका नरभान पार्की र नेपाली काँग्रेसका डिल्लीराज जोशीले समयमै खर्च विवरण बुझाएका छन्। जोशी अमरगढीको प्रमुखमा विजयी भएका थिए।

यस्तै उपप्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीकी बविता जोशी, एकीकृत समाजवादीका भुवनराज पाठक, नेकपा माओवादी केन्द्रकी शसिदेवी अवस्थी र नेपाली काँग्रेसकी पार्वतीदेवी झुकालले खर्च विवरण बुझाएका छैनन्। झुकाल अमरगढीको उपप्रमुखमा विजयी भएकी थिइन्।

आलिताल गाउँपालिका
डडेल्धुराको आलिताल गाउँपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शेरसिंह पार्की, नेपाली काँग्रेसका बलबहादुर गुरुङ, नेकपा एमालेका मिनबहादुर बोगटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर थापा मगरले खर्च विवरण बुझाएका छैनन्।

नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले समयैमै बुझाएको निर्वाचन आयोगले जनाएको छ। माओवादीका पार्की अध्यक्षमा विजयी भएका हुन् भने काँग्रेसका गुरुङ निवर्तमान अध्यक्ष हुन्।

त्यस्तै, नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी शान्ती भट्ट (जोशी) नेपाली काँग्रेसकी उम्मेदवार जलाकुमारी बिष्ट (बोगटी), एकीकृत समाजवादीकी लक्ष्मी बिष्ट (धामी) ले खर्च विवरण बुझाएका छैनन्।

भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार मैना कुमारी रावलले बिलम्व खर्च विवरण बुझाएका छिन्। रावले उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

गन्यापधुरा गाउँपालिका
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेस (विपी)बाट अध्यक्षमा उम्मेदवार बनेका सुरेन्द्र माली, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाका टंकप्रसाद अवस्थीले खर्च विवरण बुझाएका छैनन्।

नेपाली काँग्रेसका इन्द्रबहादुर कार्कीले ढिलो गरि खर्च विवरण बुझाएका छन् भने नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले समयमै खर्च विवरण पेश गरेका छन्। काँग्रेसका कार्की यहाँ अध्यक्षमा विजयी भएका थिए।

यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका चन्द्रबहादर मल्लले खर्च विवरण पेश गरेका छैनन्। नेकपा एमालेबाट उम्मेदवार बनेका इन्द्रबहादु महराले समयै विवरण बुझाएका छन् भने नेपाली काँग्रेसका ज्ञानुकुमारी सेटीले ढिलो गरि विवरण पेश गरेकी छन्। सेटी उपाध्यक्षमा विजयी भएकी थिइन्।

नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेस (विपी)बाट अध्यक्षमा उम्मेदवार बनेका गोकुलबहादुर शाही, एकीकृत समाजवादीका कबिन्द्रबहादुर बिष्ट, माओवादी केन्द्रका धर्मदेव लुहार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणबहादुर ऐरले खर्च विवरण बुझाएका छैनन्।

नेपाली काँग्रेसका लक्ष्मीप्रसाद अवस्थीले ढिलो गरि खर्च विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ। अवस्थी अध्यक्षमा विजयी भएका थिए।

यस्तै, नेकपा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेका बिरबहादुर बिष्ट, एकीकृत समाजवादीकी चन्द्रादेवी रूपाली, माओवादी केन्द्रकी बिसनादेवी बोहराले खर्च विवरण बुझाएका छैनन्।

नेपाली काँग्रेसकी निर्मलाकुमारी बोगटीले समयमै खर्च विवरण बुझाएकी छन्। बोगटी उपाध्यक्षमा विजयी भएकी थिइन्।

परशुराम नगरपालिका
परशुराम नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखमा उम्मेदवार बनेका केशवबहादुर बोहरा, माओवादी केन्द्रका शेरसिंह माल, नेपाली काँग्रेसका भरत बडायर जोशीले समयमै खर्च खर्च विवरण बुझाएका छन्।

राष्ट्रिय जनमोर्चाका रगुविर कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीर्घरा जोशीले खर्च विवरण बुझाएका छैनन्। काँग्रेसका जोशी प्रमुखमा विजयी भएका थिए।

यस्तै, नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी गोमतीदेवी पन्त, माओवादी केन्द्रकी बिमलाकुमारी बोहराले समयमै खर्च खर्च विवरण बुझाएका छन्। माओवादी केन्द्रकी बोहरा उपप्रमुखमा विजयी भएकी थिइन्।

नेपाली काँग्रेसकी कलापतीदेवी बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी भागरथी चन्द (ठकुरानी)ले खर्च विवरण बुझाएका छैनन्। नेपाली काँग्रेसकी बोहरा निवर्तमान उपप्रमुख हुन्।

भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका रामबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशवराज पाण्डेय, स्वतन्त्र उम्मेदवार खडकबहादुर ठकुराठीले खर्च विवरण बुझाएका छैनन्।

नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर साउँद, नेपाली काँग्रेसका हेमराज चटौतले समयमै खर्च विवरण बुझाएका छन्। चटौत अध्यक्षमा विजयी भएका थिए। माओवादी केन्द्रका बिष्णुप्रसाद पाण्डेयले ढिलो गरि खर्च विवरण बुझाएका हुन्।

त्यस्तै, नेपाली काँग्रेस (विपी)बाट उपाध्यक्षको उम्मेदवार बनेका नरेन्द्र ठकुराठीले खर्च विवरण बुझाएका छैनन्। नेपाली काँग्रेसकी उम्मेदवार पुष्पा ठकुराठी र माओवादी केन्द्रकी गीता भट्टले ढिलो गरि विवरण बुझाएकी हुन्। ठकुराठी उपाध्यक्षमा विजयी भएकी थिइन्।

यो पनि हेनूहोस् : 

सुदूरपश्चिम

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।