Radio Unity 92.2MHz

डडेल्धुरा सदरमुकाममा रोकिएन अखाद्य बस्तुको बिक्रीवितरण

डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुरामा अखाद्य बस्तुको बिक्री गर्ने कार्य रोकिएको छैन्। बजारमा अखाद्य वस्तुको बिक्री अझै नरोकिँदा उपभोक्ताहरू अखाद्य वस्तुहरू किन्न बाध्य भएका हुन्।

नियमनकारी निकायले डडेल्धुरामा बजार अनुगमनलाई प्रभावकारी बनाएपनि अखाद्य वस्तु बिक्रीवितरण छ्यापछ्याप्ती बढ्दै गएको भेटिएको छ। जसले गर्दा उपभोक्ताहरू स्वच्छ र सफा खाद्य वस्तु उपभोग गर्नवाट वञ्चित हुनु परेको छ।

बुधबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदरमुकाम बागबजार क्षेत्रका पसलहरूको अनुगमन गरि म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएका छ। बजार अनुगमन गरि १४ हजार ६ सय ७० रूपियाँका अखाद्य वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमप्रसाद ढकालले बताए।

उनले पसलहरूमा अनुगमन गर्दा बिस्कुट, चक्लेट, छोहरा, भुजा, सोयविन, धनिया–जिरा, कुरमुरे, सावुन, पाउडर दाललगाएतका सामाग्री म्याद गुज्रिएका भेटिएको बताए।

प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, अमरगढी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटरिनरी तथा पशु विज्ञ कार्यालय, उद्योग बाणिज्य संघ डडेल्धुराको टोलीले सयुक्त अनुगमन गरेको थियो।

गत, साउन महिनामा पनि बजार अनुगमन गर्र्दा १७ हजार ७६० रूपियाँका अखाद्य वस्तु नष्ट गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...