Radio Unity 92.2MHz

विद्यालयमै बिते सहर्षलिंग माविका लेखापाल साउद

डडेल्धुरा: डडेल्धुरामा एक कर्मचारीको विद्यालयमै मृत्यु भएको छ। जिल्लाको अमगरगढी नगरपालिकास्थित वडानम्बर १० मा रहेको सहर्षलिंग माविमा कार्यरत एक कर्मचारीको विद्यालयमै मृत्यु भएको हो।

त्यहाँका वडाध्यक्ष खेमराज भट्टका अनुसार आज सहर्षलिंग माविका ३० वर्षीय लेखापाल भक्त बहादुर साउदको अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएको हो।

पहिल्यैदेखि मुटु रोगको बिरामीसमेत रहेका उनी आज बिहान विद्यालय आएपछि अचानक रिँगटा लागेर ढलेका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको तर अस्पताल नुपग्दै उनको मृत्यु भएको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...