डडेल्धुराः खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति डडेल्धुराको अध्यक्षमा जोगराज ऐर विजयी भएका छन्। प्रतिद्वन्द्वी दीलबहादुर थापालाई हराउँदै ऐर विजयी भएका हुन्। ८ सय २१ मत खसेकोमा ऐरले ५ सय ३३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी थापाले १ सय ८४ मत मात्रै पाए।
समितिको उपाध्यक्षमा सागर नगरकोटी ३ सय १५ ल्याउँदै विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी सुन्दर जैरुले १ सय ८४ मत पाए। सचिवमा देवकी भट्ट बोहरा विजयी भएकी छिन्। उनले ३ सय १९ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी लक्ष्मी थापाले २ सय ६१ मत पाइन्। कोषाध्यक्षमा भने इन्द्रबहादुर ऐर यसअघि नै निर्विरोध भएका थिए।
यस्तै महिला सदस्यमा कमलादेवी शाहु र पदमा भण्डारीको निर्वाचित भएका छन्। पुरुष सदस्य भने निर्विरोध भएका थिए। गणेश विष्ट, भीमबहादुर महर र सुदीप जैरु सदस्यमा निर्विरोध चयन भएका थिए। नयाँ समितिका लागि शनिबार मतदान भएको थियो। ०३४ सालमा जिल्ला खानेपानी कार्यालयमार्फत खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय निर्माण सुरु भएको थियो।
०५६ सालमा एशियाली विकास बैंकको सहयोग र खानेपानी डिभिजन कार्यालय डडेल्धुरामार्फत् कार्य सम्पन्न गरी व्यवस्थापनको जिम्मेवारीसहित उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका–२, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ।
कसले कति मत पाए ?