Radio Unity 92.2MHz

अमरगढीका संस्थापक मेयर पाठकले डडेल्धुरा प्रदेश ‘ख’ बाट उम्मेदवारी दिने

डडेल्धुराः आगामी मंसिर चार गते हुन गइरहेको प्रदेश सभा निर्वाचनमा काँग्रेस नेता मोहनराज पाठकले उम्मेदवारी दिने भएका छन्। उनले नेपाली कांग्रेसको तर्फबाट डडेल्धुरा प्रदेश ‘ख’ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।

मंसिर चार गतेको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाको लागि डडेल्धुरा प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसको.तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वारी दिने उनले सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका छन्।

‘यस पटक प्रदेश सभा सदस्यमा उम्मेदवारी दिन डडेलधुरा कांग्रेसका साथीरूको सल्लाह बमोजिम मैले उम्मेद्वारीको दाबी गरेको छु। पार्टीका सम्बधित निकाय र नेतृत्वबाट उपयुक्त निणर्य हुनेछ भन्ने कुरामा विस्वस्थ छु,’ उनले भने।

अघिल्लो पटक समानुपातिकमा बसेर प्रदेशसभा सदस्य हुँदै अहिले सामाजिक विकासमन्त्री बनेका कांग्रेसका गोविन्द बोहरा पनि यस पटक डडेल्धुरा प्रदेश ‘ख’ बाट उम्मेदवारी दिने चर्चा छ।

को हुन् पाठक?
पाठक अमरगढी नगरपालिकाका संस्थापक नगरप्रमुख हुन्। उनी विस २०५४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको नगरप्रमुख बनेका थिए।

उनले २०४२ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सक्रिय सहभागीता जनाएका उनी पक्राउ समेत परेका थिए।

उनले २०४७ पछि नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य सचिव तथा पटक–पटक माहाधिवेशन प्रतिनिधि माहासमिति सदस्य भै महत्वपूर्ण भूमिकामा काम समेत गरिसकेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।