Radio Unity 92.2MHz

‘उज्यालो भागेश्वोर’का गाउँ अन्धाकारमय

केशव भण्डारी/डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका–४ र ५ मा अझै विद्युत् सेवा वस्तार हुन सकेको छैन्। पोल गाडिएको लामो समय भइसक्दा समेत तार तान्ने काम नहुँदा अझै विद्युत् विस्तार हुन सकेको छैन्।

नागरिकको आधारभूत आवश्यकता अन्तर्गत पर्ने विद्युत् सेवा ग्रामिण क्षेत्रमा नपुग्दा अध्यारोमै बस्न बाध्य भएको स्थानीय रमेश बोहराले बताए।

भागेश्वर गाउँपालिकाका–४ र ५ का चुल्ल, बन्चुल्ल खेतचौडलगायतका गाउँमा विद्युत् सेवा वस्तार हुन नसकेको उनको भनाइ छ। गाडिएका पोलहरू पनि ढल्ने अवस्थामा पूगेको तर गाउँमा विद्युत् पुग्न नसकेको स्थानीय सीताराम बोहराले बताए।

बिजुली नहुँदा विद्यार्थीहरूको पढाइमा बाधा पुग्नुका साथै सञ्चारको माध्यमबाट पनि यहाँका नागरिक बञ्चित भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘उज्यालो भागेश्वोर’को नारा लिएर अघि बढेको पालिकालाई समेत यसले गिज्जाइरहेको छ। अहिले नयाँ जनप्रतिनिधि आएका छन्। यस कुरामा ध्यान दिन जरुरी छ।’

विद्युत् समस्याको विषयलाई लिएर पटक–पटक स्थानीय सरकारलाई गुहारेको भए पनि पहल नचालेको स्थानीय अन्तराम जोशीको आरोप छ।

तर, यता नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्र प्रमुख राम दिनेश यादवले तार अभावले विद्यत् विस्तारको कार्य रोकिएको बताए।

‘जिल्लाभर अब २० प्रतिशत मात्र विद्य्त् विस्तारको कार्य बाँकी रहेको छ। तार अभावको कारण विद्यत् विस्तारको कार्य रोकिएको र छिट्टै काम अगाडि बढ्छ,’ उनले भने।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।