Radio Unity 92.2MHz

भद्रपुर माविको वार्षिकोत्सव सम्पन्न

डडेल्धुराः अजयमेरु गाउँपालिका– ३ मा रहेको भद्रपुर माविको ‘वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न भएको छ। ‘हामी बनाउँछौं, हाम्रो विधालय’ भन्ने मूल नाराका सोमबार विद्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न भएको हो।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टको प्रमुख अथित्यतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेस भाटको सभापतित्वमा वार्षिकोत्सव सकिएको हो।

अन्तर सधनात्मक कार्यक्रम तथा अक्षयकोष छात्रवृति र पुरुस्कार वितरण गरी वार्षिकोत्सव सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज पाण्डेयले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...