डडेल्धुरा: नेपाली काँग्रेस डडेल्धुराले मंसिर चार गते हुने प्रदेश सभा निर्वाचनका लागि नाम सिफारिस गरेको छ।
बिहीबार बसेको क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम प्रदेशसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको हो।
यस्तै, डडेल्धुराको प्रदेश ‘क’ बाट नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा परशुराम नगरपालिकाका निवर्तमान मेयर भीमबहादुर साउँदको नाम सर्वसम्मत सिफारिस गरेको हो।