Radio Unity 92.2MHz

डडेल्धुरामा एक महिला मृत फेला

डडेल्धुराः डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन्। अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया जमुना ताम्राकार शुक्रबार मृत फेला परेकी हुन्।

उनी यही भदौ १३ गते सोमबार साँझबाट बेपत्ता भएकी थिइन्। ५ दिन अगाडि घरबाट हिँडेकी उनको शव आज सदरमुकामसँगै रहेको ऋषिखोला वनमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।