डडेल्धुराः नेकपा एमाले डडेल्धुराले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ।
एमाले डडेल्धुराले प्रतिनिधिसभा लागि प्रत्यक्षतर्फ लागि पठानसिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन्।
उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा १ बाट चुनाव जितेका थिए । बोहरा त्यतिबेला गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचन जितेका थिए। यस्तै, एमालेले प्रदेशसभा १ बाट चक्रप्रसाद स्नेही र प्रदेशसभा २ का लागि गजेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।