Radio Unity 92.2MHz

डडेल्धुरामा चार दिने ‘राष्ट्रिय गौरा महोत्सव’ सुरु

डडेल्धुरा: सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ सुरु भएको छ । विगतका वर्षहरु झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा गौरा महोत्सव सुरु भएको हो ।

मंगलबार दिउँसो औपचारिक रूपमा महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले पानसमा दीपप्रज्वलन गरेका हुन्। बसपार्क माथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा, महेश्वरलाई फाग गाउँदै महिलाहरूले बसपार्कमा बालो नाच प्रदर्शन गरेका थिए।

 स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुरा अध्यक्ष देवराज भट्टले जानकारी दिए। महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्।

उनका अनुसार महोत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लासहित कर्णालीबाट समेत देउडिया कलाकारहरूको सहभागी छन्। केही वर्षयता निरन्तर रूपमा आयोजना हुँदै आएको महोत्सव कोभिडका कारण पछिल्ला तीनवर्षमा आयोजना भएको थिएनन्। महोत्सवले स्थानीय कला संस्कृती युवा पुस्तामा हस्तान्तर हुनुका साथै पर्यटनको आकर्षण बन्न सक्ने जिसस भण्डारीले बताए।

पर्यटनको विकासका लागि स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै प्रचारप्रसार र सम्बद्र्धन प्रवद्र्धमा गर्नमा सबैले लाग्नुपर्ने उनको भनाइ थियो। मंगलबारदेखि सुरु भएको महोत्वस गौरा देविको धार्मिक परम्पराअनुसार भदौ २४ गते बिसर्जन गरी महोत्सवको समापन गरिनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...