Radio Unity 92.2MHz

संस्था र व्यवसायीहरूको हकहितका काम गर्नेछु : जोशी

डडेल्धुरा: युवा व्यवसायी विष्णुराज जोशीले डडेल्धुरा उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन्। यहीँ भदौ २५ गते हुन गइहेको उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा जोशीले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन्।

उनले अमूल्य मत दिई आफूलाई विजयी गराउन सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्। संस्था र व्यवसायीहरूको हकहितका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योगी, व्यवसायी क्षेत्रको हकहित र प्रबर्द्धनका लागि निरन्तर व्यावसायिक क्षेत्रको समस्याको समाधान गर्ने उनको भनाइ छ।

‘संघको हकहितमा निरन्तर रुपमा लागिरहने अठोटका साथ थप जिम्मेवारी बहन गर्ने मौका डडेल्धुराका व्यवसायीहरूले दिनुहुनेछ भन्ने विश्वास लिई मैले महासचिव पदमा उमेदवारी दिएको हुँ,’ उनले भने,‘ आगामी दिनमा पनि व्यपारीक एकता, सत्भाव एवं सहकार्यका साथ मेरो क्षमता र अनुभवले भ्याउनेसम्मलाई कुशलता पूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

व्यावसायिक क्षेत्रको हकहितका लागि सेवा गर्ने मौका दिनहुन उनले सबै मतदातामा अनुरोधसमेत गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...