Radio Unity 92.2MHz

डडेल्धुराको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ खगराज सिफारिस, अरूमा को को ?

डडेल्धुराः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको नाम डडेल्धुराबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैमा सिफारिस गरिएको छ ।

माओवादी केन्द्रको जिल्ला कमिटीले प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा उम्मेदवार बन्नका लागि भट्टको नाम सिफारिस गरिएको हो ।

डडेल्धुरा प्रदेश ‘क’ मा मानसिंह माल (क्रान्ति), कुन्ती जोशी, अमरबहादुर बोगटी (सुशिल) को नाम पनि सिफरिस गरिएको माओवादी केन्द्रले जनाएको छ । प्रदेश ‘ख’ तर्फ लक्ष्मण सिंहको नाम सिफारिस गरिएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...