डडेल्धुरा: राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले असन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदावर सिफारिस गरेको छ। शुक्रबार राप्रपाले उम्मेदवार छनोट गरी सिफारिस पठाएको हो।
प्रतिनिधिसभा प्रत्येक्षतर्फ गोविन्द खडायतको नाम सर्वसम्मत सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिका लागि लक्ष्मण ऐर, भागरथी चन्द र गोविन्द खडायतको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रदेशसभा ‘क’ का लागि प्रत्येक्षतर्फ प्रेमबहादुर चन्दको सर्वसम्मत सिफारिस गरिएको छ। समानुपातिमा पदमराज जोशी, दीर्घराज जोशी र टीका गाहामगरको नाम सिफारिस भएको छ।
प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षतर्फ खेमराज पनेरुको नाम प्रदेश कमिटीलाई पठाइएको छ। समानुपातिका लागि गीतादेवी नगरकोटी, प्रविन जैरू, यज्ञबहादुर भण्डारी, पार्वती जैरू र राजेन्द्र भण्डारीको नाम सिफारिस भएको छ।