Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएन

डडेल्धुराः डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आउन सकेको छैन्। जनशक्ति र पूर्वाधारको अभावले डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आउन नसकेको हो।

डायलासिस सेवा सञ्चालनमा नआउँदा मिर्गौला पीडितले समस्या भोग्दै आएका छन्। डडेल्धुरामा अस्पतालमा भएको डायलासिस मेसीन जनशक्ति अभावमा सञ्चालनमा नआएको समयमा सरकारले १० वटा मेसीन पठाउने निर्णय गरेको छ।

सरकारले पठाउने भनेको मध्ये ५ वटा मेसिन अस्पतालमा पुगिसकेका छन् भने ५ वटा आउन बाँकी रहेको छ। तर, ती मेसीन पनि सञ्चालनमा आउन सकेका छैनन्। मेसीन जडानका लागि पूर्वाधार नभएकोले जडान हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।

‘अहिलेको भवनमा स्पेस छैन्। नयाँ भवन बन्दै छ,’ उनले भने, ‘त्यो सञ्चालन गर्नका लागि जनशक्तिको पनि अभाव छ। हामीले तालिमका लागि ५/६ जना पठाएका छौं। उनीहरू आएपछिसञ्चालनमा आउँछ।’

डायलासिस मेसीन सञ्चालनका लागि अस्पताल प्रशासनले योजना बनाइरहेको उनी बताउँछन्। डायलासिस मेसीन आइपुगे पनि ‘आरोफिल्टर’ लगाएतका सामग्री नआएकोले जडान नभएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर चेतराज भट्टले बताए।

सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र अस्पतालमा डायलासिस मेसीन नहुँदा मिर्गौला पीडितले डायलासिस गराउन बाहिर जान बाध्य छन्। डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आए सात पहाडी जिल्लाका मिर्गौला पीडित नागरिकलाई सहज हुने छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।