Radio Unity 92.2MHz

डडेल्धुरा : वैद्यीको भरमा सर्पले टोकेकी कलावतीको जीवन !

स्थानीय सरकार बेखबर

डडेल्धुरा: डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–६ भोरकुण्डाका ५० वर्षीय कलावती खत्री शुक्रबार दिउँसो आफ्नै बारीमा घाँस काट्दै थिइन्। घाँस काट्ने बेला उनलाई सर्पले खुट्टामा टोक्यो।

लगातार वर्षा भइरहेकाले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजान सकिएन। पानी पर्नेक्रम रोकिएन। उपचार लागि अस्पताल लैजान नसकिने भएपछि उनलाई स्थानीयले नजिकैको वैद्यकहाँ लगे। वैद्यीले उनलाई झारफुक गरे।

स्थानीय भूपेन्द्र धामीका अनुसार वर्षातका कारण सडक बिग्रेकोले जोगबुडासम्म ल्याउन सकिने अवस्था छैन। ‘हामीले उहाँ (खत्री) लाई साँदनी स्वास्थ्य चौकीसम्म लग्यौं। तर, त्यहाँ सर्पले टोकेकाको उपचार नहुने रहेछ,’ धामीले युनिटीखबरसँग भने, ‘सर्पले टोकेकी कलावपतीको जीवन अहिले वैद्यको भरमा छ। वैद्यीले खत्रीलाई घरेलु उपचार गराइराखेका छन्।’

जोगबुडा अस्पतालसम्म लैजान धेरै ठाउँमा सडक अवरुद्ध भएकोले त्यहाँ पुयाउन नसकिएको धामीको भनाइ छ।  शुक्रबारदेखिको निन्तरतको वर्षाले ग्रामीण सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। जसका कारण बिरामीहरू अस्पतालसम्म पुग्न सकेका छैनन्।

भोरकुण्डाका नगरपालिका सदरमुकाम जोगबुडा पुग्न पाँच घन्टा पैदल हिँड्नुपर्ने हुन्छ। परशुराम नगरपालिका भने यस घटनाबारे बेखबर रहेको छ। नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले उक्त घटनाबारे जानकारी आफूकहाँ नआएको बताए। ‘त्यो सर्पले टोकेको घटनाबारे हामीलाई जानकारी आएको छैन। बाटोहरू अवरुद्ध छन्। यदि जानकारी आएमा हामी उपचारका लागि केही न केही गर्छौं,’ उनले भने।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।