Radio Unity 92.2MHz

डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते

डडेल्धुरा: डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सोमबार केआईसिंह राजमार्गअन्तर्गत जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा कार दुर्घटना भएको हो।

सुपप्र ०१–००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते हुनेमा कञ्चनपुरको महेन्द्रनगरका कार चालक कृष्ण ऐर, दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए।

घाइतेहरूको घटनास्थलबाट उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइतेहरूमध्ये नेपालीको अवस्था गम्भीर छ। दुर्घटनाको कारण भने खुलेको छैन। कार सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...