डडेल्धुरा: डडेल्धुरामा संविधान दिवसका अवसरमा दीप प्रज्जवलन गरिएको छ। नागरिक समाज डडेलधुराको अगुवाइमा जिल्ला सदरमुकामको तुफानडाँड चोकमा दीप प्रज्जवलन गरिएको हो।
सोमबार साँझ चोकमा जनप्रतिनिधि, जिल्लास्थित विभिन्न पार्टीका नेताकार्यर्ता, व्यापारी, बुद्धिजीवी, समाजसेवी, पत्रकारलगायतले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन्।